काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्दैछन् । नेपालको ३ दिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लागेका हुन् ।
महानिर्देशक डा. गेब्रेयसस स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीवार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनले बिहीवार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री खतिवडासँग भेटवार्ता गरेका थिए ।
अध्यक्ष तिमिल्सिना र गेब्रेयसससबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटका क्रममा तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरका मानिसको जीवन बचाउन डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।