विवाहमा पेस्तोल देखाएर स्थानीयलाई आतंकित पार्ने पक्राउ


विवाहमा पेस्तोल देखाएर स्थानीयलाई आतंकित पार्ने पक्राउ

महोत्तरी- बर्दिबास विवाह समारोहमा पेस्तोल देखाएर तर्साउने एकजना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय लालबाबु भण्डारी छन् । उनको साथबाट एकथान अटोमेटिक पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ ।

विवाहको एउटा गाडीमा तोडफोड गर्दै स्थानीयलाई आतंकित बनाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको र उनी अपराभिक पृष्ठभूमिकै व्यक्ति भएको एसपी पंगेनीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार बर्दिबास नगरपालिका–१३, बिजलपुरा, डाँडाटोलबाट उनलाई पक्राउ गरिएको हो ।