काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट पाँचजनाको नाम सिफारिस


लेखक : लेखापढी      ८ बैशाख २०७९, बिहीबार १४:३३ मा प्रकाशित     
काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट पाँचजनाको नाम सिफारिस

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। 

नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

सत्तारूढ गठबन्धनले काठमाडौंको मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको थियो।

सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् । महानगर समितिले उपप्रमुख पदमा पनि नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्य परेका छन् ।