राप्रपाको चुनावी प्रतिबद्धताः कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार मासिक भत्ता (पूर्णपाठ)


लेखक : लेखापढी      ७ बैशाख २०७९, बुधबार २०:५२ मा प्रकाशित     
राप्रपाको चुनावी प्रतिबद्धताः कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार मासिक भत्ता (पूर्णपाठ)

काठमाडौं- राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने, सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीङ्ममा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ।सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।

हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ। छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड समेत उपलब्ध गराउने पनि उल्लेख छ।
हेर्नुस राप्रपाको प्रतिबद्धतापत्र:
https://drive.google.com/file/d/1kO3T1Y7Z-X6tKYq1oovzqoPCyJrdHcj3/view?usp=sharing