माओवादी केन्द्र अध्यक्ष प्रचण्ड बिहीबार सुदुरपश्चिम जाने


लेखक : लेखापढी      ७ बैशाख २०७९, बुधबार १७:१४ मा प्रकाशित     
माओवादी केन्द्र अध्यक्ष प्रचण्ड बिहीबार सुदुरपश्चिम जाने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार कैलाली जाने भएका छन् । 

माओवादी अध्यक्ष प्रचण्ड विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई माओवादीमा प्रवेश गराउन र बिशेष सम्बोधनका क्रममा कैलाली जान लागेका हुन् । कैलालीको गौरिगङ्गा नगरपालिका ८ वडा कार्यालय अगाडिको खुल्ला मैदानमा बैशाख ८ गते प्रवेश गराउनुका साथै अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मा मेला लाग्ने स्थानमा हुने र कार्यक्रमको तयारी पूरा भएको माओवादी केन्द्रले जनाएको छ। विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।