अछाममा नेपाली सेनाको गाडी दुर्घटना, ५ जना घाईते


लेखक : लेखापढी      ७ बैशाख २०७९, बुधबार १७:०० मा प्रकाशित     
अछाममा नेपाली सेनाको गाडी दुर्घटना, ५ जना घाईते

अछाम- अछाममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । अछामको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमाल गाँउमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । 

डोटीबाट कालिकोट तर्फ गईरहेको ३० जना बढी नेपाली सेना बोकेको भ्यान (गाडी) दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् ।

स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटिएर जान लागेका नेपाली सेना बोकेको भ्यान (गाडी)  जमाल गाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते ५ जनाको जिल्लाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ । गाडी दुर्घटना भएको कारण र बाकि विवरणबारे अनुसन्धान हुदैछ ।