इंग्लिस प्रिमियर लिगः यो जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा


इंग्लिस प्रिमियर लिगः यो जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई ४-० ले हराएर लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-० ले पराजित गरेको हो । उसको जितमा पाँचौँ मिनेटमा डियाज, २२ र ८५ औँ मिनेटमा मोहम्मद सालह र ६८ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।

यो सिजन म्यानचेस्टरमाथि लिगमा लगातार दोस्रो एकोहोरो जित हो । त्यस अगाडि योर्गन क्लोपको लिभरपुलले म्यानचेस्टरलाई अक्टोबरमा उसकै घरेलु मैदान ओल्ड ट्रायफोर्डमा ५-० ले हराएको थियो ।

जितसँगै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३२ खेलबाट ७६ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ । पराजित बेहरेको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ५४ अंक रहेको छ ।