महानगर बाँडफाँडमा सहमति: कांग्रेस काठमाडौं, भरतपुर माओवादी, पोखरा समाजवादी


महानगर बाँडफाँडमा सहमति: कांग्रेस काठमाडौं, भरतपुर माओवादी, पोखरा समाजवादी

काठमाडौं । महानगरको नेतृत्व भागबण्डामा जुटेका पार्टीहरु बीच सहमति भएको छ । सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । यस्तै भरतपुर माओबादी र वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ । अबको छलफल उपमहानगरपालिकाको बाँडफाँटमा केन्द्रित हुनेछ।