काबुलको बम विस्फोटमा परि ६ जनाको मृत्यु


लेखक : लेखापढी      ६ बैशाख २०७९, मंगलवार १४:११ मा प्रकाशित     
काबुलको बम विस्फोटमा परि ६ जनाको मृत्यु

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान विद्यालयमा बम विस्फोट भएको छ । आक्रमणकारीले दुई वटा विस्फोट गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।

त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

एजेन्सी