बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने


लेखक : लेखापढी      ५ बैशाख २०७९, सोमबार १३:०३ मा प्रकाशित     
बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।

६ महिनादेखि देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि  जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।