केजीएफले कमायो पहिलो हप्तामै ५ सय करोड


लेखक : लेखापढी      ५ बैशाख २०७९, सोमबार १८:४७ मा प्रकाशित     
केजीएफले कमायो पहिलो हप्तामै ५ सय करोड

काठमाडौं। कन्नड स्टार यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले पहिलो विकेन्डमै नयाँ कीर्तिमान बनाएको छ । फिल्मले आइतबारसम्म भारतमा मात्रै १ सय ९३ करोड बढी कमाइसकेको छ । बलिउड हंगामाका अनुसार ४ दिनमा फिल्मले कूल १९३.९९ करोड कमाइ गरेको छ ।

फिल्मले पहिलो दिन ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड, तेस्रो दिन ४२.९० करोड र चौथो दिन ५०.३५ करोड कमाइ गरेको हो । त्यस्तै विश्वभरि यो फिल्मले चौथो दिनसम्म ५ सय करोड कमाइ गरेको छ ।

केही समयअघि आरआरआरले विश्वभरि एक हजार करोड कमाइ गर्ने फिल्म बनेको थियो । फिल्ममा यशसँगै सञ्जय दत्त र रविना टण्डन मुख्य भूमिका देखिएका छन् ।