नेकपा एमालेको सचिवालय बैठक बस्दै


लेखक : लेखापढी      ५ बैशाख २०७९, सोमबार ०६:५८ मा प्रकाशित     
नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं। स्थानीय तह निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज (सोमबार) साँझ साढे ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिएका हुन् ।

एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने जनाएको छ । त्यसकै तयारीका लागि बैठक बोलाइएको अधिकारीको भनाइ छ ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक आजै (सोमबार) बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।