यस्तो छ आजको मौसम


यस्तो छ आजको मौसम

काठमाडौं। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने समेत महाशाखाले जानकारी गराएको छ ।

पश्चिमी वायु साथै स्थानीय वायुको प्रभावले अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको पनि महाशाखाले जानकारी गराएको छ ।