हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न


लेखक : लेखापढी      ४ बैशाख २०७९, आईतवार २१:३६ मा प्रकाशित     
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ।  ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।

आइतवार बिहानदेखि वैष्णवी/ टुंडाल देवीको मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगाल स्थित तिसा गहना पोखरीभित्र डुबाएर तीन पटक परिक्रमा गराइएर  प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ। 

किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ ।

कथन अनुसार टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।

नेवार समुदायमा प्रचलति जात्राहरुमध्ये गहना पोखरीको जात्रा पनि प्रमुख जात्राका रुपमा लिइन्छ ।