बझाङ जीप दुर्घटनामा १ जनाकाे मृत्यु, तीन जना घाइते


लेखक : लेखापढी      ४ बैशाख २०७९, आईतवार १२:५८ मा प्रकाशित     
बझाङ जीप दुर्घटनामा १ जनाकाे मृत्यु, तीन जना घाइते

बझाङ – जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बाेहराका माइला छाेरा विनाेद बाेहराकाे ज्यान गएकाे छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

सभापति बोहरा सामान्य घाइते भएका छन्। दुर्घटनामा घाइते भएकी सभापति बोहराकी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ।

प्रहरीका अनुसार जीप गएराति पौने १ बजे दुर्घटना भएको हो ।