बिराटनगर- विवेकशील साझा पार्टी मोरङले स्थानिय निर्वाचन को तयारी पूरा गरेको छ ।
आज वैशाख ४ गते प्रदेश पार्टी कार्यलय विराटनगरमा बसेको चुनावी वैठक तथा छलफलले मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमलेश कर्णलाई मोरङ निर्वाचन परिचालन समितीको संयोजक तोकेको छ । त्यसैगरी आर्थिक व्यवस्थापन उपसमितीमा डा. वोध प्र. पराजुली , घोषणा पत्र संयोजनमा इन्द्र ना. शाह, प्रचार-प्रसारमा विरेन्द्र गुप्ता, सूचना तथा सन्चारमा अच्युत गिरि, समन्वय उपसमितिमा श्याम कोइरालाले जिम्मेवारी पाएका छन ।
विवेकशील साझा पार्टीले मोरङको अधिकांस स्थानिय तहमा उम्मेद्वारी दिने निर्णय गरेको छ जानकारी प्राप्त भएको छ । नगर संयोजक अच्युत गिरिका अनुसार योजनाबद्ध तयारी भैसकेको छ भने केही तयारीको क्रम जारि छ । बिबेकशील विराटनगरमा मेयर उम्मेदवारको लागि बिभिन्न नामहरु अगाडी देखिएता पनि पार्टीका शसक्त नेता एबं केन्द्रिय सदश्य अमलेश कर्णलाई मेयरमा उम्मेदवार बनाउन ठुलो प्रयास चलिरहेको जानकारी प्राप्त भएको छ । ससक्त व्यक्तित्त्व अमलेश कर्ण लामो समय देखि संगठन बिस्तारमा दिन-रात लागिरहेको देखिन्छ ।