विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस यही बैशाखमा नेपाल आउने भएका छन् ।
मन्त्रालय स्रोतका अनुसार उनी ८ वैशाख (२१ अप्रिल)मा भारत हुँदै नेपाल आउन लागेका हुन् । डा. टेड्रोस ९ गते साँझ फर्कने कार्यक्रम रहेको छ ।
नेपाल सरकारको निमन्त्रणामा डा. ट्रेडोस नेपाल भ्रमणमा आउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो,’ उनले भने, ‘२ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ ।’ महामारीपछिको उच्चस्तरीय भ्रमणले सकारात्मक सन्देश दिने उनले बताए ।