सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन बिदा दिनेबारे सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
बिहिबार बसेकाे मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भइनसकेको बताएका हुन ।
पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिनुपर्ने बहस भइरहेका छन् ।