कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दै


लेखक : लेखापढी      २ बैशाख २०७९, शुक्रबार ०८:१७ मा प्रकाशित     
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न विषयमा छलफल हुने प्रवक्ता डाक्टर प्रकाशरण महतले जनाकारी दिए ।

बैठकमा उमेदवार सिफारिस लगायत विषयमा पनि छलफल हुने छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।