काठमाडौं। बागमती प्रदेश सरकारले समायोजन गरेको सार्वजनिक सवारी साधनको नयाँ भाडा आजदेखि लागू भएको छ ।
प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले चैत २४ गते काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको थियो । बढाइएको भाडा आजदेखि लागू भएको हो। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ । यस्तै ट्याक्सीको भाडा पनि बढाइएको छ । प्रति २ सय मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।