एमाले र नेपाल परिवार दलबीच पनि चुनावमा गठबन्धन हुने, पाँचबुदे सहमति


लेखक : लेखापढी      ३० चैत्र २०७८, बुधबार १६:०४ मा प्रकाशित     
एमाले र  नेपाल परिवार दलबीच पनि चुनावमा गठबन्धन हुने, पाँचबुदे सहमति

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ ।

बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र  नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

ती दुई दलबीच निर्वाचनमा गठबन्धन गरेर जो ५ बुँदे सहमति भएको छ ।