आँखा खुल्ला – दिमाग खालि !


आँखा खुल्ला – दिमाग खालि !

यस्तो पनि हुन्छ राजनीति र राजनेता ? के भाको ? अस्ति भर्खर फुल- माला लगाएर म प्रतिनिधिमा उठ्न पाउनुपर्छ भनि उफ्रने मेरो सेतो दाढी फुलेको एक जना दाई रुख को छत्रछायाँ मा पुग्नुभाको सर्बबिदितै छ । त्यो सम्मान देको फुल-माला सुकेको छैन होला, रातो अबिर मेटिन पाएको छैन होला। दुध दुहुने दाई ठुलो भेलाको बीचमा पार्टी प्रवेश गर्नु भयो भन्दा म र हामि कोहि  पनि चकित भएनौ ।  त्यो पनि  मेयर बन्ने शर्त पो रहेछ । यस्तो हुदोरहेछ सेटिंग हजुर शुरुवात मै।

मैले यसरि बिप्लव, प्रचण्ड, ओली सर सबै बिराटनगर आएका राज नेताहरुलाई सुन्नेगरेको छु। राजनीति गर्ने हैन राजनीति त सिक्ने हो।

हैट, मैले गुनासो गरेको पनि हैन, न मलाई खासै केहि फरक पर्छ।  हामी आफ्नो राजनैतिक संस्कार कसरि बिगार्दै छौ भन्ने कुरा मात्र बिशेष हो। हामि त केवल एक पात्र हौ,  जसले समाजलाई केहि दिएर जानुपर्छ भन्ने सोच राख्नुपर्छ। नबिन सोचको तारिफ गर्ने पनि हामी नै हौ। १० रुपैयामा भरपेट खान कहा बिर्सेको छ र नगरले नमन छ हजुरलाई।

हिजो दुध दुहुने दाईको भीडमा सुटुक्क टाढाबाट दाईले बोल्दै गर्दा पुगेको थिए, यसरि नै देश परिवर्तन गर्ने, समाज परिवर्तन गर्ने सोच राखेकाहरुलाई नजिकबाट हेर्न र सुन्न मन लाग्छ। मैले यसरि बिप्लव, प्रचण्ड, ओली सर सबै बिराटनगर आएका राज नेताहरुलाई सुन्नेगरेको छु। राजनीति गर्ने हैन राजनीति त सिक्ने हो।

धेरै वर्ष पछि राजनेताहरुको चटक हेर्न पाईन्छ, चुनावताका हिजो सम्म पुरानो साइकाल लियर सिंहदरबार छिर्दै गरेको एक फोटोले क्या आशा जगाएको थियो। बल्ल देशले राजनेता पाएको जस्तो भान झल्काएको नेता हाम्रै नगरका हुन्, केहि दिन अगाडी मात्र बिजुलीले चल्ने रिक्सा चलाको देखियो, आजको दिन सम्म फेरी त्यो फोटाले फेरी आशा जगाउन सक्ला र ? त्यसलाई त चुनावी चटक भनिन्छ भन्ने बुजाई हाम्रो।

हामीले राजनीति कहाँबाट सिक्ने, हाम्रोमा आउने प्रतिनिधिहरु धेरै पोलिटिकल साइन्स पढेर आको हुञ्छन र ? मन्दिरमा कसम खाएर, म पार्टीलाई ५ वर्षमा यति दिन्छु भनि लिखित ल्याप्चे लागाउने, सुटकेश भरेर पार्टीलाई डोनेसन गर्नेहरु समानुपातिक देनहरु हुन् । हाम्रा प्रतिनिधिहरु  धेरै जसो यस्तो  हुञ्छन। छ महिना यताको छत्रछाया, छ महिना उता को, जता आगो बलेको छ त्यतै लस्कियो।  आज उसको बिचार र गन्थन गर्यो, फेरी अर्को विचारको गफ हानेर हिड्यो। के राजनीति आउने  पिढीले यस्तै सिक्ने हो। चुनावको दिन नजिक छ। अनि फुलमाला लगाएर राजनेताहरु नेता पनि खोज्दैछन र कार्यकर्ता देश श्रीलंका हुन लाग्यो भन्दै मार्केटिंग गरेको सुन्दा अलिक दु:ख लाग्यो। कसरी हुन नदिने त्यो पो सिकाउने हो। हामीलाई जिताउनु होस अनि गर्छौ रे !!  जो होश झण्डा बोक्नु पर्यो, चुनाव जित्नुपर्यो ।

फेरी धेरै वर्ष पछि राजनेताहरुको चटक हेर्न पाईन्छ, चुनावताका हिजो सम्म पुरानो साईकाल लियर सिंहदरबार छिर्दै गरेको एक फोटोले क्या आशा जगाएको थियो। बल्ल देशले राजनेता पाएको जस्तो भान झल्काएको नेता हाम्रै नगरका हुन्, केहि दिन अगाडी मात्र बिजुलीले चल्ने रिक्सा चलाको देखियो, आजको दिन सम्म फेरी त्यो फोटाले फेरी आशा जगाउन सक्ला र ? त्यसलाई त चुनावी चटक भनिन्छ भन्ने बुजाई हाम्रो।  नत्र तेत्रा चालकहरुले गरेको आन्दोलनमा कतै देखिएन। हुन त बिजुली रिक्शा  ५००० भन्दा बेसी  कुद्छन अब्यबस्थित तरिकाले  यहि शहरमा।

अहिले त सपनाको कुरा मात्र गर्ने हैन त्यसलाई कसरि पुरा गर्ने भन्ने  हेक्का हामीमा हुनुपर्छ। राजनेताहरुले म चुनाव जितीसकेपछि के गर्छु भन्ने कुरा १, २, ३, ४ मा यस्तो गर्छु भन्ने कुरा भन्न र बोल्न सक्नुपर्यो। आमसभा गर्दा होश या कतै बोल्दा राजनेताहरुले उसले यस्तो गर्यो, उसले उस्तो गर्यो भन्ने हैन। ठिक बजारमा जे हुन्छ त्यो राजनीतिमा पनि लागु हुनुपर्यो । हामी आफ्नो सामान बेच्ने हो । हामीले हाम्रो कुरा गर्ने हो, एजेण्डा, सपना  समग्र रुपमा आफ्नो बस्तु बेच्ने हो। अरुको कुरा गरेर समय बर्बाद न गर्नुस। हामि सबलाइ थाहा छ। काम का कुरा गर। उज्ज्वल भबिश्यका कुरा गर्नुहोस। भ्रस्टाचार मुक्त देश बनाउछु भन्ने हैन, कसरी बनाउने हो त्यो पो सुनाउनुपर्यो।

गर्छु भन्नेहरुलाई हामीले पटक-पटक हेरिसक्यौ। यसपाली त आँखा खुल्ला र दिमाग खालि गरेर भोट हाल्ने हो !


अच्युत गिरि 
पोखरिया-१, बिराटनगर