पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त


लेखक : लेखापढी      ३० चैत्र २०७८, बुधबार १२:३६ मा प्रकाशित     
पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज (बुधबार) बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण सोमबार बिदा भएका थिए ।