नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । प्रचण्डलगायत नेताको आधिकारिक फेसबुकमा सेयर गरिएको उक्त तस्विर हटाइएकाे हाे ।
तीनजनाको तस्बिरसहितको पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखिएको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् ।