बर्ष बदलिँदा जनताको हर्ष पनि बढ्नुपर्छ- पूर्बराजा ज्ञानेन्द्र शाहको शुभकामना (संदेश पूर्ण पाठ)


बर्ष बदलिँदा जनताको हर्ष पनि बढ्नुपर्छ- पूर्बराजा ज्ञानेन्द्र शाहको शुभकामना (संदेश पूर्ण पाठ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै बर्ष बदलिँदा जनताको हर्ष पनि बढ्नुपर्ने बताएका छन्।

सन्देशमा  शाहले  ”भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि पनि हुनुपर्ने” बताए। शाहले कूटनीतिक भाषामा विद्यमान राजनीतिक परिस्थितिमाथि टिप्पणी पनि गरेका छन्। 

नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै त्यसतर्फ चनाखो हुनुपर्ने बताएका हुन् ।

‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको भन्दै पूर्वराजा शाहले त्यो आफैंमा आत्महीनताको विषय भएको बताए । उनले अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको भन्दै महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको बताएका छन् ।

May be an image of text