प्रज्ञा-प्रतिष्ठानबाट प्रदेश स्तरीय थारु मादल (मन्ड्रा) प्रशिक्षण लुम्बिनीमा सुरु


लेखक : लेखापढी      २९ चैत्र २०७८, मंगलवार १२:५२ मा प्रकाशित     
प्रज्ञा-प्रतिष्ठानबाट प्रदेश स्तरीय थारु मादल (मन्ड्रा) प्रशिक्षण लुम्बिनीमा सुरु

लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण दाङ घोराहीको गुलरीयामा सुरु भएको छ ।   घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मादल बजाएर प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका छन् । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापन सञ्चालित उक्त कार्यक्रम चैत २२ बाट सुरु भई वैशाख १ गतेसम्म चल्नेछ ।  लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका २२जना थारु समुदायका सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक वरिष्ठ ताल बादक खड्ग बुढा मगरले सैद्धान्तिक तथा व्यावहारिक तालिम दिइनेछ ।

प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा कार्यक्रम संयोजन अशोक राईका अनुसार प्रशिक्षण कार्यक्रम वैशाख १ गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र वितरण गरी  समापन गरिनेछ ।