संगीत तथा नृत्य सिक्न साधनानै किन रोज्ने ?


संगीत तथा नृत्य सिक्न साधनानै किन रोज्ने ?

काठमाडौं। साधना कला केन्द्रद्वारा औपचारिक रुपमा संगीत तथा नृत्य सिकाउन सुरु गरेको ३ दशक भन्दा बढी भइसकेको छ । नेपालकै पहिलो संगीत स्कुल भन्दा फरक नपर्ने कुरा साधना कला केन्द्रका संस्थापक अध्यक्ष संगीतकार मिलन मोक्तान बताउछन् । त्यो समयमा केही संगीतकारहरुले आफ्नै घर-डेरामा सामान्य तरिकाले संगीतको प्रशिक्षण दिने गरेपनि संगीत तथा नृत्यमा औपचारिक शिक्षाको सुरुवात निजि क्षेत्रबाट मैले सुरुवात गरेको हुँ, संगीतकार मोक्तानले भने ।

संगीत तथा नृत्य साधनामै किन सिक्ने भन्ने प्रश्नमा उनले भने, बिगत ३२ वर्षदेखि निरन्तररुपमा सेवारत नेपालकै सबै भन्दा पहिलो, उत्कृष्ट, सफल, विश्वासनीय, सम्पूर्ण साधन सम्पन्न, सस्तो, पूर्ण स्थापित भएको र हजारौंको सङ्ख्यामा सिद्धहस्त कलाकारहरुको उत्पादन गर्दै रोजगारीको पनि ब्यवस्था गरिदिंदै आएको साथै युनेस्कोमा समेत सूचिकृत भएको संस्था हो त्यसैले हामी यहाँ सिक्न प्रेरित गर्दछौं ।

स्वच्छ तथा सफा घरेलु संगीतमय एवं पारिवारीक वातावरणमा अनुभवी तथा वरिष्ठ संगीत प्रशिक्षकहरुद्वारा मनोबैज्ञानिक तवरले प्रशिक्षण गराइन्छ । गायन, नृत्य तथा संगीतमा मादल, किबोर्ड, हार्मोनियम, तबला, बाँसुरी, गीतार, टुङ्ना, भ्वायलन लगयत किबोर्ड प्रोग्रामिङ जस्ता सबै बाध्यबाधन र विधाहरुमा सिकाई हुन्छ संगीतकार मोक्तानले भने ।

यति मात्र होईन, यस साधना कला केन्द्रद्वारा अग्रज साधकहरुको सम्मान गर्ने परमपरा अन्तरगत ‘साधना सम्मान-२०५२’ देखि निरन्तर गर्दै आएको र करिब १२ लाखको लागतमा २०५३ सालदेखि प्रत्यक वर्ष राष्ट्रव्यापी लोकनृत्य प्रतियोगिता गरी लोप हुन लागेको लोक संस्कृतीको खोजि र जगेर्णा समेत गर्दै आएका छौं ।

प्रशिक्षणपछी हामीले बिध्यार्थीहरुलाई विदेशमा हुने अन्तराष्ट्रिय तथा स्वदेशमा हुने राष्ट्रिय महत्वका सांस्कृतीक कार्यक्रममा सहभागी गराउनुका साथै प्रत्यक विधामा २/२ जनालाई निःशुल्क छात्रावृत्ती समेत उपलब्ध गराउँदै आएका छौं, यसर्थ पनि साधनामा संगीत, नृत्य सिक्न आम ईच्छुक महानुभावहरुलाई अनुरोध गर्दछौं उनले भने ।

राजु लामा, प्रमोद खरेल, सत्यराज आचार्य, खेमराज गुरुङ, धिरज राई र प्रश्ना शाक्य जस्ता सु-प्रशिद्ध गायक/गायिकाहरु साधनाकै उत्पादन हुन् । यस्तै दिलीप रायमाझी, धिरेन शाक्य, शुसिल क्षेत्री, आर्यन सिग्देल लगायत साधनामै नृत्य सिकेर सु-प्रसिद्ध नायक भएका छन् भने आशिष अबिरल र महेश खड्का जस्ता सिद्धहस्ती संगीतकारहरु पनि साधना कला केन्द्रले उत्पादन गरिसकेको छ ।