नेपालमा क्यान्सरको सहुलियत र सफल उपचार हुन्छः डाक्टर अरुण शाही


नेपालमा क्यान्सरको सहुलियत र सफल उपचार हुन्छः डाक्टर अरुण शाही

“क्यान्सर” भन्नेबित्तिकै स्वास्थ्य क्षेत्र तथा विशेषतः क्यान्सरका बारेमा नबुझेका मानिसहरू मृत्युको अर्को रुप भन्ने दृष्टिकोण बनाउँछन् । यो दृष्टिकोणबाट थोरै बाहिर आएकाहरुमा पनि लाखौँ धन खर्च हुने रोग भन्ने बुझाइ व्याप्त छ । समयमै अस्पताल वा विशेषज्ञ डाक्टरहरू कहाँ पुगेको खण्डमा मानव शरीरमा लाग्ने अन्य केही सामान्य रोग जस्तै हो क्यान्सर पनि, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही बताउँछन् ।

नेपाल सरकारले सबै सरकारी अस्पताल सहित देशैभरि १ सयवटा सहुलियतमा जुनसुकै क्यान्सरको उपचार हुने अस्पताल तोकिदिएको छ ।

मानव शरीरमा लाग्ने विभिन्न क्यान्सर र त्यसको उपचारका बारेमा धेरै भन्दा धेरै जानकारीमूलक कुरा बाहिर ल्याइनु पर्ने धारणा राख्दै डाक्टर शाही भन्छन्, नेपाल सरकारले सबै सरकारी अस्पताल सहित देशैभरि १ सयवटा सहुलियतमा जुनसुकै क्यान्सरको उपचार हुने अस्पताल तोकिदिएको छ । कतिपयलाई त सरकारले प्रदान गर्ने सहुलियतको उपचार सेवा अर्थात् १ लाखसम्मको निःशुल्क उपचारबारे समेत थाहा छैन, डाक्टर शाही भन्छन् ।

नेपालमा कम खर्चमा राम्रो उपचार सेवा पाइन्छ, वा सरकारले प्रदान गर्ने सहुलियतको उपचार सेवा अर्थात् १ लाखसम्मको निःशुल्क उपचारबारे थाहा छैन भन्ने कुराको उदाहरण हो ।

कति बिरामी र उनका परिवारले क्यान्सरको निःशुल्क औषधि तथा उपचारबारे थाहा नपाएर उपचारमा लाखौँ रकम खर्चिरहेका हुन्छन्, नेपाल अर्बुद रोग निवारण संस्थामार्फत उपचारका लागि गत वर्ष १ सय ८० जना क्यान्सरका बिरामी भारत गएका थिए । संस्थाको प्रशासन शाखाले दिएको जानकारीअनुसार उपचारका लागि अस्पतालले रिफर गरेको भन्दा आफ्नै इच्छामा भारत जान चाहने धेरै छन् । नेपालमा कम खर्चमा राम्रो उपचार सेवा पाइन्छ, वा सरकारले प्रदान गर्ने सहुलियतको उपचार सेवा अर्थात् १ लाखसम्मको निःशुल्क उपचारबारे थाहा छैन भन्ने कुराको उदाहरण हो ।

पाटन अस्पतालले २० वर्षदेखि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्दै आएको छ ।

यसरी क्यान्सरको उपचारका लागि वर्षेनी लाखौँ रकम बाहिरिँदा ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालले २० वर्षदेखि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । म्याक्स फाउन्डेसनको सहयोगमा अस्पतालमा फोक्सो, मिर्गौला, रगतलगायत क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न ८ प्रकारका औषधि निःशुल्क दिइन्छ । केमोथेरापी तथा अन्य उपचार प्रक्रियामा प्रयोग हुने यी औषधि १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्न आउँछ । अस्पतालले क्यान्सर उपचार सेवा सुरु गैरेदेखि गत डिसेम्बरको अन्तिमसम्ममा ८ सय २० जनाले निःशुल्क औषधि सेवा लिइ सकेका छन् ।

नेपालमा क्यान्सरको सहुलियत र सफल उपचार हुन्छ भन्नेमा विश्वस्त गराउन चाहन्छौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीका अनुसार अस्पतालले दिने निःशुल्क औषधि सेवाबारे थाहा नपाएरै धेरै बिरामीहरू महँगोमा औषधि किन्न पुग्ने गरेको छन् । केमोथेरापी अथवा कुनै औषधि चलाउनुपर्छ भन्नेबित्तिकै बिरामीका आफन्त औषधि किन्न जान हतारिन्छन् । कतिपय आफन्त कतिजति खर्च लाग्छ होला ? भन्दै पैसाको जोहो गर्नतिर लाग्छन् । हामीकहाँ निःशुल्क औषधि पाइन्छ भनेपछि उनीहरूको मुख उज्यालो भएको देख्छु । यो सेवामा अझै धेरै बिरामीलाई समेट्न पाए हामीलाई पनि कति आनन्द लाग्थ्यो डाक्टर शाही भन्छन् ।

पाटन अस्पतालको यो सेवाबारे बिरामी मात्रै होइन, स्वास्थ्य क्षेत्रमा नै काम गरिरहेका कतिपयलाई जानकारी छैन ।

पाटन अस्पतालको यो सेवाबारे बिरामी मात्रै होइन, स्वास्थ्य क्षेत्रमा नै काम गरिरहेका कतिपयलाई जानकारी छैन । त्यसैले पनि अन्य अस्पतालबाट रिफर गरिएका औषधिबाहिर महँगो मूल्यमा किन्न बाध्य छन्, क्यान्सरका बिरामी । भारतसँग नजिक रहेका जिल्लाका बिरामी क्यान्सर देखियो भन्नेबित्तिकै उपचारका लागि भारत पुगिहाल्छन् । तर, त्यहाँ उपचारभन्दा खाने-बस्ने क्रममा खर्च भएपछि नेपाल आएका बिरामीहरूको समेत उपचार गरेको अनुभव डाक्टर शाहीसँग छ । क्यान्सरका बिरामीलाई नेपालमै राम्रो उपचारका लागि प्रोत्साहन गर्न पनि हामीले निःशुल्क औषधि सेवालाई निरन्तरता दिनु जरुरी छ, डाक्टर शाही भन्छन् । 


लेखापढीका लागि क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीसँग  विवेक चन्द ठकुरीले लिनुभएकाे अन्तर्वार्ताकाे सम्पादिश अंश