स्तर निर्धारणसहित ४२ जना ट्राफिक कार्यालय सहयोगीहरूलाई सम्मान


लेखक : लेखापढी      २९ चैत्र २०७८, मंगलवार १८:०२ मा प्रकाशित     
स्तर निर्धारणसहित ४२ जना ट्राफिक कार्यालय सहयोगीहरूलाई सम्मान

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ जना ट्राफिक कार्यालय सहयोगीहरूलाई खादा लगाएर सम्मान गरेको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिए ।

एसएसपी जोशीले उक्त प्रहरी कर्मचारीसँग अन्तरक्रियासमेत गरेका थिए । एसएसपी जोशीले बधाई दिँदै आगा मी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप इमान्दार, क्रियाशील र समर्पित भइ सेवा गर्न निर्देशनसमेत दिए ।

उनले नेपाल प्रहरीको श्रेणीविहीन पदमा रही लामो समयदेखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुँदा कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै काम गर्ने प्रहरी कर्मचारीमा थप उत्प्रेरणा र मनोबल उच्च भएको पनि बताए ।

उक्त ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम स्तर, ११ जना चतुर्थ स्तर, १३ जना तृतीय स्तर, ८ जना द्वितीय स्तर र ४ जना प्रथममा स्तर निर्धारण भएका छन् ।