भारतले आइफोन १३ को उत्पादन सुरु गर्ने


भारतले आइफोन १३ को उत्पादन सुरु गर्ने

काठमाडौं। भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ । एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो ।

एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको छ ।

भारतमा आइफोन १३ को उत्पादन सुरु भएसँगै अफ मेड इन इण्डिया फोन छिटै बजारमा आउने र भारतलाई आइफोन उत्पादनको हब बनाउने अनुमान गरिएको छ । भारत अहिले विश्वको दोश्रो ठूलो स्मार्टफोन बजार हो ।

भारतमा आइफोन १३ मोडेलको मात्रै उत्पादन हुने तर आइफोन १३ प्रो लगायतका मोडेल भने उत्पादन हुने छैनन् ।

जभारतमा आइफोन १२ तथा ११ सिरिजको उत्पादन पहिलेदेखि नै भइरहेको छ । सन् २०१७ देखि भारतमा आइफोनको उत्पादन सुरु भएको थियो । पहिलोपटक आइफोन एसइ मोडेलको उत्पादन भारतमा भएको थियो ।

आइफोन १३ को उत्पादन भारतमै भएसँगै भारत र क्षेत्रीय बजारमा यसको मूल्य समेत कम हुन सक्ने बताइएको छ । तर भारतमा उत्पादित आइफोन १३ कहिलेसम्म बजारमा आउने र त्यसको मूल्य कतिसम्म घट्ने भन्ने कुरा हालसम्म प्रष्ट भएको छैन ।