पल शाहले पाए सर्वोत्कृष्ट नायकको अवार्ड, नायिकामा पूजा शर्मा सर्वोत्कृष्ट


लेखक : लेखापढी      २८ चैत्र २०७८, सोमबार २३:०२ मा प्रकाशित     
पल शाहले पाए सर्वोत्कृष्ट नायकको अवार्ड, नायिकामा पूजा शर्मा सर्वोत्कृष्ट

काठमाडौं। पल शाहले ‘म यस्तो गीत गाउँछु २’ सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् । चलचित्र विकास बोर्डमा आज वितरण  बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक छानिएका हुन् । नायक शाह हाल जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइरहेका छन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड र उक्त चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । साथै सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड समेत हासिल गरेका छन् ।

‘म यस्तो गीत गाउँछु २’ चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ । अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । उनीहरूले पललाई मिस गरेको बताए । नयाक पल शाह जेलमा रहेको कारण उपस्थित नरहेकाले उनको अवार्ड पुजाले थापेकी थिइन् ।

अवार्ड जितेपछि भावुक बन्दै पूजाले फेसबुकमा ”हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ लेखेकी छिन ! पढ्नुहोस  पुजा शर्माको फेसबुक स्टाटस :