‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । यसअघि प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी मंगलबार मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो।
निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नसक्ने भएको खानेपानी मन्त्रालयले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलि मंगलबारदेखि पानी पठाउन सुरु गरिने भएको छ ।