चुटकिलाः बिरालाे किन पुच्छर हल्लाउँछ ? Jokes in Nepali


चुटकिलाः बिरालाे किन पुच्छर हल्लाउँछ ? Jokes in Nepali

संसारमा जोक्स मन नपर्ने मान्छे सायदै होला । सबैलाई हाँस्न मन पर्छ, यसले तपाईंलाई तुरुन्तै राम्रो महसुस गराउँछ, तपाईंको हृदयलाई शान्ति र दिमागलाई शान्ति दिन्छ। हाँस्दा हाम्रो शरीरका सबै अंग स्वस्थ रहन्छ र तपाईं लामो जीवन बाँच्न सक्नुहुन्छ भन्ने स्वास्थ्य विशेषज्ञहरू पनि विश्वास गर्छन् । हाँसोले शरीरको रक्तसञ्चार बढाउँछ र हाम्रो मुटुलाई स्वस्थ राख्छ। हाम्रो दिमागले पनि तनावबाट केही राहत पाउँछ।



???????

पार्कमा सेक्युरिटी गार्ड सँग साेध्दै एउटा आगन्तुक 

आगन्तुक: के म यहाँ चुराेट पिउन सक्छु ?

गार्डः अहँ सक्नुहुन्न । यहाँ धुम्रपान निषेध छ ।

आगन्तुक: (अचम्म मान्दै) तर यहाँ यति धेरै चुराेटका ठुटाहरू कहाँबाट आए त ?

गार्डः याे तिनीहरूले फ्याकेका हुन, जाे चुराेट खानु भन्दा अगाडि साेध्दैनन । 

???????



???????

पसले ग्राहकलाइँ साेध्याेः तपाइँलाइँ के चाहियाे ?

ग्राहकः मलाइँ मेराे हुने वाला श्रीमतिकाे कुकुरका लागि केक चाहियाे । 

पसलेः यही खाने हाे की प्याक गरी दिउँ । 

ग्राहक बेहाेस

???????



???????

शेरे घर आएर खुशी हुँदै आमालाइँ भन्छ 

शेरेः आमा तपाइँकाे लागि खुशीकाे खबर छ । 

आमाः के हाे त्यस्ताे खुशीकाे खबर ?

शेरैः हामी दुइँबाट तीन भयाैं !

आमाः बधाइँ छ छाेरा, अनि नाति भयाे की नातिनी । 

शेरेः न आमा, न छाेरा, मैले दाेश्राे विवाह  गरे ।

(आमा बेहाेस)

???????



???????

पत्नी आफ्नाे पतिलाइँ उठाउँदै !

श्रीमतीः उठनुहाेस, घाम लाग्ने बेला भइसक्याे !

श्रीमानः मेरा आँखा खुलीरहेका छैनन, यस्ताे केही कुरा भन जसले मेरा आँखा खुलुन।

श्रीमतीः हिजाे राती जुन केटीसँग फेसबुकमा च्याट (कुरा) गरिरहनु भएकाे थियाे त्याे मेराे दाेश्राे फेक ID हाे ।

 अहिले विचरा श्रीमानलाई ३ दिनदेखि निद्रा परिरहेकाे छैन । 

???????



???????

शीक्षकले एउटा बच्चालाइँ साेधेछन्ः

शीक्षकः विरालो किन पुच्छर हल्लाउँछ । 

बालकः बडाे साेच मग्न हुँदै – किन भने पुच्छर विरालाेकाे हाे । 

शीक्षक बेहाेस 

???????