कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
आफ्नै घरमा रहेको पानीको नल चलाउने क्रममा करेन्ट लाग्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० प्रतिभा टोल बस्ने ४५ वर्षीया बाल देवी खड्काको मृत्यु भएको हो । पानीको नल संगै जोडिएको मोटरमा करेन्ट लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।