नागरिक एपबाट करिब २ महिनामा १२७७ जनाले गरे सवारीसाधन नवीकरण


लेखक : लेखापढी      २७ चैत्र २०७८, आईतवार २२:१२ मा प्रकाशित     
नागरिक एपबाट करिब २ महिनामा १२७७ जनाले गरे सवारीसाधन नवीकरण

काठमाडौँ- नागरिक एपबाट गत फागुन १ गतेदेखि बागमती प्रदेशका सवारीसाधनको कर र नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो । करिब २ महिनाको अविधिमा १२७७ जनाले नागरिक एपबाट सवारीसाधन नवीकरण गरेका हुन् । 

नागरिक एपबाट सवारीसाधन नवीकरण गर्दा इसेवा र खल्तीबाट पैसा तिर्न सकिन्छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसाब मिलान गर्ने गरी इसेवा र खल्तीलाई सवारी कर र नवीकरण शुल्क संकलन गर्न स्वीकृति दिएको थियो ।

नागरिक एपमा भेहिकल ट्याक्स नामक अप्सन छ । यसबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिन सकिने भने भुक्तानी सेवा प्रदायक छनोट गरेर कर तिर्न समेत सकिने छ ।