धनकुटा — प्रतिबन्धित लागूऔषध गाँजाका विषयमा आयोजित कार्यक्रममा अतिथि बनेका नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही थालिएको छ ।
सहिदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।
वैधानिक अभियान बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ ।
यो पनि पढ्नुस–https://l.facebook.com/l.php? u=https%3A%2F%2Flekhapadhi.com%2F2022%2F04%2F07%2F19553%2F%3Ffbclid%3DIwAR2KSUPQdZYp65PSPBSX4hmktG3dYW2bGXqRgwgHAHXC7hlVtg65i9MFDzY&h=AT1iKKLVesdkhbaB7JdXmQxrCEim8JYJFSC2Hm9l4-uuwWAw03WHFx6bXb-5JRZvQ_6g63J319MmGX_NONNkJIRPlL5TNJTPYX7OqZbtqcCJjEMLZQLFyTnmxzdrpYWlp1GjLw