वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा सुरु गर्ने गरिन्छ ।
यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडी बनाइएको रथमा रथारोहण गराइन्छ ।
काठमाडौँको पुरानो बस्ती भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
यो यात्रा भएपछि वर्षा, सहकाल र दीर्घजीवन हुने धार्मिक विश्वास रहेको छ।आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु-याइएकाे छ ।