सेभ राईड गरौं भन्दै दुर्घटनामा मृत्यु भएका साथीलाई श्रद्धाञ्जली


लेखक : लेखापढी      २६ चैत्र २०७८, शनिबार २०:४४ मा प्रकाशित     
सेभ राईड गरौं भन्दै दुर्घटनामा मृत्यु भएका साथीलाई श्रद्धाञ्जली

ललितपुर। चैत्र २२ गते (मंगलबार) पोखरा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका-१ का २० वर्षीय युवा किशोर कठायतको सम्झनामा आज बेलुका उनका साथी तथा परिवारका सदस्यहरुले ललितपुरको पाटन दरबार स्क्वायरमा दीप प्रज्वलन गरी उनको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

ललितपुरको कुमारीपाटीमा रहेको क्याम्पेन कलेजमा स्नातक तह पहिले सेमेष्टर अध्यनरत कठायतको मृत्यु भएको आज चौथो दिनको पून्य तिथीमा उनका कलेजका सहकर्मी साथी तथा परिवारका सदस्यहरुले दीप बाली उनको आत्माको चिर शान्तिको कामना गरेका हुन् ।

करिब ३०/४० जनाको समुहमा उपस्थित उनका साथीहरुमध्य एक जनाले भने, बिशेष गरेर हाम्रो उमेर समुहका युवाहरुले मोटरसाईकल चलाउँदा अत्यन्तै ध्यान दिएर चलाउनु पर्ने अर्थात सबैले ‘सेभ राईड’ गरौं भन्ने संदेश प्रवाहा गर्न पनि खोजेका हौं । दुर्घटनामा परेर ज्यानगुमाउने त मर्छ सकियो, उसका साथी, त्यो भन्दा पनि परिवारका सदस्यलाई धेरै पिडा हुन्छ, यो कुरा हामी जस्ता टिनएजरहरुले बुझ्नु पर्ने हुन्छ । त्यसैले सवारी चलाउदा तिब्र गतीमा नचलाऔं भन्न चहान्छु, उनले भने ।

बागमती प्रदेश ०२-०२९ प ०९३७ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कठायतको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा गत मंगलबार बिहान मृत्यु भएको थियो ।