मौसम अपडेट: यि प्रदेशहरुमा हल्का वर्षा हुने


लेखक : लेखापढी      २६ चैत्र २०७८, शनिबार ०६:४२ मा प्रकाशित     
मौसम अपडेट: यि प्रदेशहरुमा हल्का वर्षा हुने

काठमाडौं। स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान पहाडी भू-भागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशमा भने सामान्यतया मौसम सफा रहने छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।