उत्कृष्ट सहित २ वटा ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदेश ७ का जैसी र शाहीलाई


लेखक : लेखापढी      २६ चैत्र २०७८, शनिबार २१:०९ मा प्रकाशित     
उत्कृष्ट सहित २ वटा ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदेश ७ का जैसी र शाहीलाई

काठमाडौं। आर्थिक वर्ष २०७८/०७९ को उद्यमी राष्ट्रिय पुरस्कार प्रदेश ७ का दुईवटा फर्महरुले प्राप्त गरेका छन् । प्रदेश ७ बाट उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र उद्यमी राष्ट्रिय पुरस्कारगरि दुईवटा पुरस्कार प्रदेश ७ का हरि प्रसाद जैसी र अमृत शाहीले सञ्चालन गरेका दुई छुट्टाछुट्टै फर्महरुले प्राप्त गरेका हुन् ।

प्रत्यक वर्ष बैदेशिक रोजगारबाट स्वदेश फर्की उद्यम गरेका युवाहरुलाई प्रोत्सान स्वरुप ‘उद्यमी राष्ट्रिय पुरस्कार’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशैभरका उद्यमीबाट आवेदन माग गरि छनौटमा पर्न सफल हरेक प्रदेशबाट १ वटा फर्म तथा उद्यमीलाई उक्त पुरस्कार प्रदान गर्ने गर्दछ ।

प्रदेश ७ बाट करुणा गार्मेन्टस् लम्कीचुहा नगरपालिका-१ लम्की कैलालिका हरि प्रसाद जैसीले ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ प्राप्त गर्न सफल भएका छन् भने प्रदेश ७ कै रोयल रिटर्नी कृषि फर्म गौरीगङ्गा नगरपालिका-१ कैलालिका सञ्चालक उद्यमी अमृत शाहीले ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्राप्त गरेका छन् । यो सँगै प्रदेश ७ ले यो वर्ष २ वटा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

पुरस्कार प्राप्त गर्ने मध्य हरि प्रसाद जैसी करिब ८ वर्ष दक्षिण कोरिया बसेर स्वदेश फर्कि व्यावसाय सुरु गेरका हुन् । हाल जैसीले स्वदेशमै आफ्नो गार्मेन्टस्द्वारा उत्पादित सामान बिक्री वितरण गरिरहेका छन् । जसमा ४५ जना कर्मचारीले रोजगारको अवसर समेत पाएका छन् । अर्का उद्यमी अमृत शाही लामो समय कतार बसेर फर्किएका हुन । शाहीले कुखुरा, बंगुर, बाख्रा तथा माछा पालन गरेका छन् । उनको फर्ममा हाल १० जनाले रोजगार पाएका छन् ।