निष्पक्षरुपमा पुरस्कार दिएको भन्ने जस पाइयो खुसी लाग्योः मन्त्री श्रेष्ठ


लेखक : लेखापढी      २५ चैत्र २०७८, शुक्रबार १६:५७ मा प्रकाशित     
निष्पक्षरुपमा पुरस्कार दिएको भन्ने जस पाइयो खुसी लाग्योः मन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले निष्पक्ष रुपमा पुरस्कार बितरण गरेको जस दिनुभएकोमा म अत्यन्तै खुसी भएको छु भनेका छन् । आज मन्त्रालयद्वारा आयोजित बैदेशिक रोजगारबाट स्वदेश फर्की उधम गरेका युवाहरुलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

मन्त्री श्रेष्ठले भने, यो कार्यक्रम बिगतदेखि नै सुरु गरिएको हो । र यहाँहरुले भनेजस्तै पुरस्कार बितरणमा एकप्रकारको हस्तक्षेप भएको भन्ने पनि सुनेका हौं । यस्तै कुराबाट म, सचिबज्यु लगायत मन्त्रालयको सबै टिम सचेत हुँदै देशभरबाट तपाइँहरु जस्ता अब्बल व्यावसायीहरुलाई निष्पक्ष छनौट गरेर आज निकै ब्यस्त समयका बावजुतपनि यहाँहरुलाई पुरस्कार र सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।

हामीले दिएको पुरस्कार राशी त्यती धेरै ठुलो होईन, मन्त्री श्रेष्ठले भने, तर पनि तपाईहरु र तपाइँहरु जस्ता सयौं युवाहरुलाई थप उर्जा र प्रोत्सान मिल्नेमा हामी बिस्वस्त छौं । आगामी दिनहरुमा तपाइँहरुबाट थुप्रै बैदेशिक रोजगारमा रहेका तथा रोजगारीबाट स्वदेश फर्केका युवाहरुले पनि हौसला पाउन भन्ने चहान्छौ । हामीले यो पुरस्कार प्रधानमन्त्रीज्यु या त राष्ट्रपतिज्युबाटै बितरण गराउनेकी भन्ने पनि सोचेका हौं, उहाँहरुको व्यस्तता र चुनावको नजिक निर्वाचन आयोगद्वारा जारी आचरसंहिताका कारण हतार-हतार मन्त्रालयको सिमित टिमले यस सभहलबाटै वितरण गर्न पर्ने विवसता बनायो । पुरस्कार बितरण गर्न नपाइएलाकी भन्ने डर थियो, उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा देशै भरका ८ जना उत्कृष्ट उधमी व्यावसायीहरुलाई राष्ट्रिय पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको थियो । मन्त्रालयमा देशैभरबाट ८८ फर्महरुले आवेदन दिएका थिए, जसमध्य १४ वटा अयोग्य ठहरिएका थिए भने बाँकी रहेका मध्यबाट ८ वटालाई छनौट गरि आज उक्त पुरस्कार बितरण गरिएको हो ।