टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु


टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु

काठमाडौं । टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने, ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य

आजदेखि वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा यो  खोप अभियान सञ्चालन हुनेछ । केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ ।
May be a cartoon of one or more people and text
ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो । यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । बिहीबार (हिजो)विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा देउवाले टाइफाइडविरुद्धको खोप अभियान सफल हुने विश्वास व्यक्त गरेका थिए ।