गभर्नर महाप्रसाद अधिकारी निलम्बित


लेखक : लेखापढी      २५ चैत्र २०७८, शुक्रबार २०:४४ मा प्रकाशित     
गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । उनीमाथि अब छानबिनको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ ।

अर्थतन्त्रमा नकारात्म असर परिरहेका बेला सरकारले गभर्नर निलम्बर गरेको हो ।

सरकार परिवर्तन भएदेखि नै अर्थमन्त्री जनार्दन शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए । आज मात्र राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले आफूलाई राष्ट्र बैंकबाट असहयोग भएको बताएका थिए ।

अधिकारीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७६ चैत २४ मा गभर्नर नियुक्त गरेको थियो । उनी नेपाल राष्ट्र बैंकको १७औँ गभर्नरका रूपमा नियुक्त भएका थिए ।