एकतर्फी प्रेमकथा


एकतर्फी प्रेमकथा

पहिलो पक्षले आफुले मन मुटुदेखी माया प्रेमको भाव झल्काउदै गर्दा पनि दोस्रो पक्षले पहिलो पक्षको माया नबुझ्दिनु या दोस्रो पक्षलाई पहिलो पक्षले झल्काएको माया बुझाउन देखाउन नसक्नु नै एकतर्फी प्रेम हो जस्तो लाग्छ।

विश्वमा एकतर्फी प्रेम सफल भएको या कालान्तरमा गएर दुईतर्फी भएको नजीर मज्जाले स्थापना हुन सकेको छैन । भए होलान् एकदुई जनाको तर अधिकांशको प्रेम असफल नै भएको देख्दै र सुन्दै आइएको छ। आज म त्यस्तै एउटा एकतर्फी प्रेमकथा कोर्दै छु :


प्रसङ् मेरो र उनको हो । हाम्रो भौतिक भेट त भएको छैन तर भर्चुअल भेट धेरै चोटि भएको छ। बाहिरी आवरण र चेहराको बनोट शैली अनि आकार प्रकार हेर्दा ऊनी राम्री देखिन्थिन्।कलियुग न पर्यो, तन राम्रो हुनेको मन नराम्रो हुन्छ भन्छन् । उसको पनि तन त राम्रै देखिन्थ्यो बाहिरबाट हाम्रा यी नयनले नियाल्दा । अब के त उसको पनि मन नराम्रै छ त? प्रश्न चिन्ह खडा गरिदियो। उसलाई सिधै गएर तिम्रो मन नराम्रो छ हो ? भनेर सोध्ने हिम्मत नि आएन र सोध्नु उपयुक्त हुन्छ जस्तो पनि लागेन, किनभने हामीले आँखा-आँखाबाट मात्र भलाकुसारी गरिराखेका थियौं । त्यतिन्जेल सम्म शब्द मार्फतको भलाकुसारी हुनै बाँकी थियो ।

अब के गर्ने, दिमागले सोच्न थाल्यो र म अब उसको र मेरो बीचमा समान रुपमा मित्रभाव प्रस्तुत गर्ने केही मित्रहरुबाट उसको बारेमा जान्दा उपयुक्त होला भन्ने निष्कर्षमा पुगें । उसका र मेरा थोर बहुत Mutual Friend थिए । मैले उसंग पनि नजिक र मसंग पनि नजिक केही मित्रहरु मार्फत उसको जीवन कुण्डली सहित भित्रि मनको भिडियो एक्स-रे झिकाए ।झिकाएको केही दिनसम्म दिन रात नियाले र कलियुगको त्यो तन राम्रो हुनेको मन राम्रो हुँदैन भन्ने उक्तिलाई गलत प्रमाणित गरिदिए । तन राम्रो छ, मन राम्रो छ अरु के चाहियो र हामी जस्ता केटालाई । त्यसपछि मित्रहरुकै सल्लाहमा उसंग नयनले मात्र होइन शब्दले पनि भलाकुसारी गर्न थाले ।

गफका धुनसँगै उसले हरेक वाक्यमा पुर्णविराम दिनुपर्ने ठाउँमा हासेको इमोजी पठाउथी । यो प्रकृतिको भलाकुसारी हेर्दा लाग्थ्यो उनी म संग गफिन पाउँदा मख्ख थिइन् ।

उसको मनसंग आफ्नो मनलाई समीप गराउन शब्दले ढकढकाउदै उसको म्यासेन्जरमा पुग्थे, उनी एक सुरमा गफ हान्थी, कति रमाइला त कति यथार्थ। गफको प्रगाढ धुन तनको घनत्व चिर्दै मेरो मनसम्म पुग्थ्यो । जब उक्त गफका धुन मेरो मनमा पुग्थ्यो, म अचेतझैंं गफका धुनमा लठ्ठिन्थे । बुझ्दै जाँदा ऊनी त शब्दसंग खेल्ने लेखक पो परिछे अनि किन मान्छे नलठ्ठिउन् त उसको शब्दमा ? यो हर्कत शब्दको खेलाडीले मात्र गर्न सक्छ भन्नेमा म प्रष्ट भए । गफका धुनसँगै उसले हरेक वाक्यमा पुर्णविराम दिनुपर्ने ठाउँमा हासेको इमोजी पठाउथी । यो प्रकृतिको भलाकुसारी हेर्दा लाग्थ्यो उनी म संग गफिन पाउँदा मख्ख थिइन् । गफिने क्रम कहिलेकाहीँ त घन्टौंसम्म चलिरहन्थ्यो । अचम्मको कुरा चाहिँ कहाँ निर छ भने,घन्टौं सम्म गफ हानिन्थ्यो,जीवनका कुरा गरिन्थो, माया प्रेमका विषयम थोरबहुत बात मारिन्थ्यो तर हरेक पल्ट जब मैले उसलाई प्रेम प्रस्ताव राख्थे उसमा अर्कै पन देखिन्थ्यो र सधै कुरा अन्त्यै मोड्न खोज्थी । उसले मसंग प्रेम गर्न नचाहेकी हो या मैले आफ्नो उ प्रतिको प्रेम बुझाउन, देखाउन नसकेको हु, अन्योल कायम नै रह्यो ।

एक दिन उसले मलाई सोधी, “तिमी किन यसरी हरेक क्षण मेरो पर्खाइमा बसिरहन्छौ ? तिम्रो अरु काम हुँदैन, सधैं यसरी मेरै पर्खाइ अनि दिनभरि रातभरि मै संग मात्र बोलिरहनु,गफ हानिरहनु राम्रो पनि होइन ।”

‘तिम्रो शब्दका धुन सुनेर आफुलाई आनन्दित तुल्याउन बाहेक म अरु केही गर्नै सक्दिनँ ।हरपल हरसमय तानिँदै तिम्रै म्यासेजको नजिक आइपुग्छु ।’ भन्दै मैले फेरि थपे,”म तिम्रो शब्दावलीको धुनमा बाँधिएको छु, अब तिम्रो मुटुको एउटा कुनामा बाधिने इच्छा मात्र बाँकी छ माया।”

‘त्यस्तो के छ र मेरो शब्दमा ?’ उसले पुनः प्रश्न गरिन्।

“माया,तिमी यो प्रेमको बारेमा कहिल्यै बुझ्न सक्दैनौ । बुझ्नको लागी तिमिले मेरो ठाउँमा बसेर अन्तरमन देखी नियाल्नु पर्छ।”मैले जवाफ फर्काए।

‘अन्यथा नलेऊ तर साँच्चै बुझ्दिन म यो मायाको खेल र गर्नु छैन मलाई माया किनभने यी सबै मायाका अन्तिम गन्तव्य त ब्रेक अप नै हो नि । ब्रेक अप गराएर साथीको सम्बन्धलाई नै तिलान्जली दिन गर्नु छैन मलाई माया र प्रेम।’ उसले हाँसेको इमोजी पठाउदै भनी।

आँखाबाट आँसुका थोपा झरेको इमोजी सहित मैले जवाफ फर्काए ।

“हाँस र रमाइलो पनि गर । कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ अनि मात्र मेरो पीडा महसुस गर्नेछौ ।” आँखाबाट आँसुका थोपा झरेको इमोजी सहित मैले जवाफ फर्काए ।

यस्तै चाहिदा नचाहिदा गफ भए तर माया प्रेम दुई तर्फी पारेर मायाका कुरा सहृदय उसलाई सुनाउन मैले सकिन ।

कतिसम्म प्रेम गरे भने उनीसंग गरिएका सबै भलाकुसारीलाई Print गरेर कागजमा निकाले अनि सधैं साँझ त्यही भलाकुसारीलाई उ सम्झेर अंगालेर निदाउँथे ।

यो संवादको केही समयपछि उ मसंग त्यति मन लगाएर बोल्न पनि छाडी । एक दिन त यसरी बोल्न छाडी कि फेरी कहिल्यै फर्केर बोल्न आइन । मैले जीवनको आजको कालखण्डसम्म पनि उसलाई प्रेम गरिरहे । कतिसम्म प्रेम गरे भने उनीसंग गरिएका सबै भलाकुसारीलाई Print गरेर कागजमा निकाले अनि सधैं साँझ त्यही भलाकुसारीलाई उ सम्झेर अंगालेर निदाउथे ।

एक दिन उसको घरमा अरु नै केटा उसंग विवाह गर्न हात माग्न सपरिवार आयो । उसले उसलाई भेटी । एक नजरमा उसलाई उ प्रती प्रेम पनि जाग्यो रे तर मैले जुन प्रेम-प्यास उत्पन्न गराइदिएकी थिए त्यो मेटियो जस्तो मलाई लाग्दैन । मेटियो मेटिएन के भयो त्यो उ नै जानोस्। पछि थाहा पाए यहि माया प्रेमको सन्तुलन नमिल्दा उनले दुई चोटि विवाह समेत गरिसकी छे। उसले अनेक पुरुष आफ्नो जीवनमा आएता पनि आफ्नो प्रेमप्यास तृप्त नभएको कुरा धेरैलाई सुनाउथी रे । दुई दुई जनासंग विवाह गर्दा पनि मैले जस्तो भावपूर्ण प्रेम कहिल्यै महसुस गर्न पाइन उसले भन्ने मा म विश्वस्त थिए, तर समय बितिसकेको थियो, मेरो हातमा केहि थिएन,अब । जीवनको अन्तिम क्षणमा उसले एउटा कागजमा “मैले उसको माया बुझ्न नसक्नुको परिणाम आज भोग्दै छु। त्यो प्रेमलाइ नबुझ्दिदा आज मेरो जीवन रसहिन भएको छ,त्यसैले व्यर्थको जीवनको यहीँ इति श्री गर्दै छु।” लेखेर देह त्याग गरिछे । साथीहरू मार्फतबाट उसको मृत्युको खबर पाए । भावविह्वल भए र आफू लाई नै धिक्कारे, एकतर्फी माया गरेर आफ्नो जीवन नि सकाए र उसको नि सकाइदिए भनेर । मन मनै उसलाई हार्दिक श्रद्धाञ्जली दिए र आफुले पनि उसैलाई पछ्याउँदै उहीँ शैलीमा देह त्याग गरे ।

आज यमलोकबाट उसले मेरो प्रेम कस्तो थियो होला भनेर कल्पना गर्दै छे होलि । म भने यमलोकमा नि उसको प्रेमपीडा महसुस गरिरहेको छु ।

✍️आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।