नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले सपथ लिएका छन् । आज राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई सपथ खुवाएकी हुन्।
यससँगै गोविन्द बन्दी कानुन मन्त्री नियुक्त भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुले पाएका छन् । पदभार ग्रहण गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो बन्दीलाई कानुन मन्त्री नियुक्त गर्दै यसअघि कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका बडुलाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा गोविन्द बन्दीलाई समावेश गरिएको समाजवादी पार्टीका महासचिवले बताएका छन् । नेकपा(एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताए ।