नेपाल प्रहरीमा भावी आईजीपी को ? धीरजप्रताप सिंह बन्न सक्ने यस्ता छन् कारण


नेपाल प्रहरीमा भावी आईजीपी को ? धीरजप्रताप सिंह बन्न सक्ने यस्ता छन् कारण

काठमाडौं। नेपाल प्रहरीले अबको एक महिना पछि नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । नेपाल प्रहरीमा २९औं आइजीपी यस कारण पनि निकै चासोको विषय बन्दै गएको छ ।

पहिलो स्थानीय तहको चूनाव बैशाख ३० गते हुँदै छ । चूनावको मुखैमा सम्पूर्ण सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीको नयाँ प्रमुख को हुने ? यसै पनि चर्चा हुने नै भयो । दोस्रोः आईजीपीका प्रवल दावेदार ४ जना एआईजीहरु उस्ता उस्तै भएकोले पनि कसलाई प्रहरीको नेतृत्व सुम्पिने भन्ने बारे सत्तारुढ दललाई सकस परेको छ । यसर्थ पनि अब बन्ने आइजीपीको यति धेरै चासो बढेको हो ।

प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार एआईजी मध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने भनिएकोले दुईजना सिनियर एआईजी हुँदाहुँदै पनि तेस्रो अफिसरलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउन कानुनले रोकेको छैन । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार एआईजी धीरजप्रताप सिंहलाई हालका आईजीपी शैलेश थापाको अवकाशपछि प्रहरीको कमाण्ड सुम्पिनेबारे उच्च तहमा छलफल भएको छ ।

२०४९ साल चैत्र ११ गते प्रहरी निरीक्षक वनेका सिंह कार्यकुशलताका हिसाबले अब्बल प्रहरी अधिकृत हुन ।  प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । नेताको स्वार्थ वाझिएका कारण पछि पारिएपनि सिंह अरुभन्दा सिनियर हुन । उनले हरेक पदमा रहँदा आफनो कार्यकुशलता प्रस्तुत गरेका छन् । एसएसपी हुँदा प्रहरीको मनोवल खस्किएको समयमा उनले प्रहरीको अपराध महाशाखाको कमाण्ड सम्हाले । त्यतिबेला महाशाखामा काम गर्न त्यति सजिलो थिएन ।

३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीसहित अन्य दुई प्रहरी अधिकारि पनि निलम्बन मै परे । त्यसपछि महाशाखा हाजिर भएका थिए तात्कालिन एसएसपी धिरज प्रताप सिंह । महाशाखामा कार्यरत धेरै प्रहरीको मनोबल घटेको बेलामा उनीहरुको मनोबल उच्च राख्दै काम गराउँनु सिंहको पहिलो चुनौती थियो ।

४ इन्काउन्टरः २ को मृत्यु, २ घाईते

सिंह महाशाखामा रहँदा प्रहरीले ४ इन्काउण्टर गर्यो । जसमा २ जना घाइते भए भने २ जना प्रहरी सँगको मुठभेट मारिए । २०७५ जेष्ठ २८ गते विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लियो । लामाले ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेका थिए ।

यसैगरी, २०७५ असार ७ गते लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । अमरले २०७५ जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर १९ लाख ६० हजार लुटेका थिए । २०७५ साउन २० गते सिन्धुपाल्चोक मेलम्ची-९ ज्यामिरे घर भई काठमाडौं-३२ काँडाघारी बस्ने चमेली खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई अपहरण गरी हत्या गर्ने नुवाकोट घर भएका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली घर भएका अजय तामाङसँग प्रहरीको मुडभेड भयो । २०७५ साउन २१ गते भक्तपुर सुर्यविनायक-८ पाईलट बाबाको आश्रम जाने बाटोको जंगलमा भएको उक्त मुडभेडमा उनीहरुको मृत्यु भयो ।

यस्तै, २०७५ मंसिर २१ गते कालोपुलमा बिभिन्न डाँका, लुटपाटका घटनामा संलग्न रही फरार रहेका सुनसरीको ईटहरी-५ घर भई काठमाडौं-२९, अनामनगर बस्ने ४६ वर्षिय राजन लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो । लिम्बु घाईते भए । गत बिहिबार मात्रै एआईजीमा बढुवा भएका सिंहको पहलमा उल्लेखनीय घट्ना अन्य धेरै भएका छन् ।

‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’ समाचार टिप्पणी