नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त


लेखक : लेखापढी      २४ चैत्र २०७८, बिहीबार २०:५५ मा प्रकाशित     
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको उच्च विशेष सूत्रले जानकारी दिएको छ । 

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो ।