प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटनः अब सञ्चालन


लेखक : लेखापढी      २२ चैत्र २०७८, मंगलवार १६:४५ मा प्रकाशित     
प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटनः अब सञ्चालन

 प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको मंगलबार औपचारिक रुपमा  उद्घाटन गरेका छन्  । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री देउवाले बन्दरगाह सञ्चालनमा ल्याएका हुन् ।

अब काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुनेछन् । 

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गरेका थिए ।

उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यो उद्योग–व्यवसाय क्षेत्रमा कोसेढुंगा रहने विश्वास व्यक्त गरे ।