रातारात बढ्यो पेट्रोलियम सहित खाना पकाउने ग्यासको मूल्य


लेखक : लेखापढी      २२ चैत्र २०७८, मंगलवार २३:४० मा प्रकाशित     
रातारात बढ्यो पेट्रोलियम सहित खाना पकाउने ग्यासको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।

इन्धनसँगै निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । बढेको मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

यो सँगै अब पेट्रोलको मूल्य १६० रुपैयाँ प्रति लिटर पुगेको छ भने डिजल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रति लिटर पुगेको छ ।