राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाँचवटा अध्यादेश जारी


लेखक : लेखापढी      २२ चैत्र २०७८, मंगलवार २०:३५ मा प्रकाशित     
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाँचवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साझ विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । 

मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसमा रास्ट्रपति भण्डारीले उक्त अध्यादेश जारि गरेको हुन् । 

जारी भएका अध्यादेशहरू  यस प्रकार छन :

१. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

३. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

४. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

५. नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ) (पहिलो संशोधन) अध्यादेश २०७८